Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Wednesday, 5 September 2012

तीजपर्व : आवश्यकता रूपान्तरणको – कल्पना पौडेल “जिज्ञासु”

जनसंख्याको आधा भाग ओगटेका महिलाहरू आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छन् । गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरू अत्यन्त प्रताडित छन् । सामन्तवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक , पुरूषका मनोरन्जनको साधन चरणकी दासी र बच्चा जन्माउने मेसिनको रूपमा हेर्दै आएको छ । पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरू बञ्चित छन् । हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरूलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ ।  धर्म र पम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । ती मध्य तीज पर्वलाई नेपाली महिलाहरूले एक महान पर्वका रूपमा मनाउँदै आइरहेका छन् । तीजका अवसर पारेर एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतको रूपमा पोखे प्रचलन छ ।
 समाजले रूढीवादी र अन्धविश्वासलाई धर्मको नाममा  महिलाहरूमाथि जवरजस्ती थोपरी दिएको छ । जसको फलस्वरूप कृष्णाष्टमी, तीज र पंचमीमा महिलाहरू ब्रत बस्ने गर्दछन् र त्यसरी ब्रत बसेमा विवाहित महिलाहरूको श्रीमानको आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान पाइने जस्ता अन्धविश्वासहरूबाट नेपाली महिला ग्रसित छन् । अर्कोतर्फ तीजलाई माइत जाने , मिठो खाने, राम्रो लुगा र गहना लगाउने चाडको रूपमा पनि हेरिन्छ । जसरी पनि मिठो खाने, राम्रो लुगा, गहना लगाउनुपर्ने प्रचलनले गर्दा समाजमा विकृति पैदा भैरहेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, वर्षौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रता दिएको जस्तो देखिन्छ भने अर्कोतर्फ युगौं देखि रूढीवादी, अन्धविश्वासले महिलाहरूलाई जकडाइरहेको छ । महिलामाथि हुने दाइजो, छाउपडी, बोक्सी, कुमारी, झुमा, बुर्का, जवरजस्ती विवाह, बहुविवाह जस्ता विभिन्न सामन्ती परम्परावादी पुरूषप्रधान प्रथाहरूले आज २१ औं शताब्दीमा पनि नेपाली महिलाहरूलाई उठ्नै नसक्नेगरी च्यापिरहेका छन् । महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू  आज पनि घटिरहेका छन् ।

Wednesday, 15 December 2010

मित्रशक्ति सम्बन्धी धारणा : एक संक्षिप्त चर्चा – मनोज भट्ट

नेपालको वाम आन्दोलनमा शुरुदेखिनै मित्रशक्ति कसलाई मान्ने बारे भ्रान्त धारणा रह्यो । यो भ्रम 2028 सालसम्म कायम रह्यो । मित्रशक्ति सम्बन्धी गलत धारणाको परिणाम वामआन्दोलन थुप्रै भट्कावहरू सिकार हुनुपÚयो । नेपाल कांग्रेस जनवादी क्रान्तिको मित्र शक्ति हो भन्ने गलत धारणा थियो । कांग्रेसलाई मित्रशक्ति मान्ने गलत धारणाका कारण पार्टी भित्र कांग्रेस परस्त प्रवृत्ति हावि हुन पुग्यो, त्यसका साथै तेश्रो महाधिवेशनले राष्ट्रिय प्रजातन्त्रको संशोधनवादी कार्यदिशा अपनाउन पुग्यो । न्यूक्लियस र चैथो महाधिवेशनले त्यो भ्रान्त धारणालाई पहिलो पटक परिवर्तन गरी नेका मित्रशक्ति नभएर सामन्त, जमिन्दार, विदेशी दलाल, नौकरशाही पूँजिपति वर्गको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी पार्टी हो र यो क्रान्तिको दुश्मनशक्ति भएको विश्लेषण अघि साÚयो । त्यसपछि नेपालको वामआन्दोलन भित्र करिब सबै समूहले नेका प्रति चैथो महाधिवेशनले गरेको विश्लेषणलाई स्वीकार गरेको अवस्था छ ।

Thursday, 9 December 2010

राष्ट्रियता र संघीयता : सागर कुँवर

ईतिहास देखी वर्तमान सम्म नेपालमा मात्र नभएर विश्वमा नै राजनितिक सामाजिक सास्कृतिकआर्थिक लगायत विभिन्न प्रकारका राम्रा नराम्रा आन्दोलनहरु चल्दै आएका छन । विश्व ईतिहासको अगाडी नेपालको राजनितिक तथा अन्य सबै प्रकारका आन्दोलनहरु कान्छा छन । तर नेपालमा भएका राजनितिक आन्दोलनहरु संसारलाई र्नै धक्का दिने खालका भएका छन । यो विश्व मानवसमाजलाई नै धक्का दिएका आन्दोलनका उपलब्धिहरुलाई सहि ढंगले प्रयोग र रक्षा नसक्ने नेपालको सत्ता संचालन गरेर हिडेका नेपालका नेताहरुका अदुरदर्शी निर्णय र असक्षमताको कारण वर्तमान अवस्थामा नेपाल भीरको डीलमा पुगेको छ जून ईतिहासको धडिमा गम्भिर मोडमा पुगेको छ ।
नेपालको वामपन्थि तथा प्रजातान्त्रिक आन्दोलनहरु सधै नै सम्´ाैतामा गएर टुि¨एका छन जसले देशलाई गम्भिर असर पारीरहेको छ । वर्तमान अवस्थामा नेपाल साम्रज्यवाद र विस्तारवादको युद्ध स्थान वन्नको लागी आधार स्थल वन्दै गईरहेको कुरा नेपालका राजनितिक दल तथा नेताहरुलाई थाहा नभएको होइन तर इतिहासको मजाक आज देशको राष्ट्रियता नै गम्भिर संकटमा परेको छ जुन ईतिहासको नै भयाना संकट हो ।
अमेरीकी साम्राज्यवाद वाट आयतित जातिय नारा र भारातिय विस्तारवाद वाट आएको संधीयताले आज नेपालको सार्वभौमसत्ता सम्पन्न राष्ट लाई नव औपनिवेशिक मुलुकमा रुपान्तरण गर्न लागेको यो दृ्श्य नेपाली आमाका सन्तानहरुले हेरेर वस्नु परेको छ । नेपालमा संघीयता नेपाली जनताको चाहाना र इच्छा अनि नेपाल राष्टको आवाश्यकताले नभई भारातिय विस्तारवादको स्वार्थको लागी आएको हो भन्ने कुरा प्रस्ट छ । जव तराई मा जन्मको आधारमा लाखौं भारातियले नेपाली नागरीकता प्राप्त गरे त्यस पछाडी जनसंख्याको आधारमा चुनावी क्षेत्र निर्धारण सँगै संघीयता आएको हो जुन भारातिय विस्तारवादको डिजाईन मा वा नेपाललाई भारातिय संधमा मिलाउने योजना अनुसार आएको हो । नेपालको लागी संघीयता चाहिएको भए त ०६२ ६३ को ऐतिहासिक विश्व थर्काउने आन्दोलनमा कीनं ? संघीयताको नारा सुनिएन नेपालको वामपन्थि कम्युनिष्ट आन्दोलनमा अहिलेको एकीकृत माओवादीले श्रीलङकाको तमिलहरुको जातिय आन्दोलनलाई सर्मथन गरे पछाडी नेपालको कम्युष्निट आन्दोलनमा पृथकतावादी साम्प्रादायिकतावादी चिन्तनहरु हावी हुदै आए र आज देश साम्प्रदायिकतावादको खाल्डोमा फसिरहेको छ । विभिन्न खालका जातिय संघसंस्था एन जि ओ आ एन जि ओहरु लगाएत साम्प्रदायिक पार्टीले संघीयतालाई ओकेलेर साम्प्रादायिकवादलाई मलजल गरीरहेको हाम्रो देशमा १० बर्ष सम्म नयाँ जनवादी राज्यब्यवस्थाको कथित जनयुद्ध गरेको पार्टीले नै त्यहीसाम्प्रादायिक बाटो मा अगाडी बढेको छ जसले देशमा राष्ट्रिय संकट पैदा गरेको छ । सामान्तवादको नईके राजतन्त्रको अन्त्य भए पनि सामन्तवादी उत्पादन प्रणाली सामान्तवादी संस्कृती कायम छ । तमाम शोशित पिडित मजदुर किसानहरु सामन्तवादी उत्पादन प्रणाली वाट पिडित छन ।s्रन्तिकारी कम्युन्ष्टि आन्दोलन रक्षात्मक अवस्थामा छ ।देशमा गणतन्त्रको बच्चा जन्मेको छ यो देशको संक्रमणकालिन अवस्थामा गणतन्त्रको सृदृढ राष्ट्रियताको रक्षा अग्रागमी संम्वीधानको निर्माण गर्दै अग्रगमनको बाटोमा हिडनु पर्ने समयमा नेपाली राजनितिक रंगमंच पूर्ण रुपमा साम्रज्यवादको र विस्तारवादको सेवा गर्नको लागी आपासी लडाईमा छ । यो दुखदायि अवस्थामा नेपाली आमाको कन्चटमा गोली हान्नको लागी संघीयता आएको छ जुन नेपाली राष्ट्रियता माथिको इतिहाँसकै गम्भिर र भयानाक हमला हो ।