Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Wednesday, 13 February 2013

गजल (प्रेम दिवस बिशेष )

प्रेम दिवस आएपनी तिमीबिना के गर्छु म ?
समिपैमा आइदेउ प्रिय अङालोमा भर्छु म

गुलाबको फुल दिएर आइ लभ यू भन्नु है ?
शर्माउदौ नजर झुकाइ तिमीतिरै सर्छु म

तिम्रो साथ पाए पुग्छ अरु चाह छैन मलाई
अटल प्रितीको सुगन्ध तिमी माथिनै छर्छु म

मदहोस् भै सबै प्रेमी प्रेमिका लुप्त हुन्छन
तिम्रै कमी महसुस हुन्छ र इर्श्याले मर्छु म

सात समुन्द्रको बिचमा आसाको पुल बाधेर
पर्खिनेछु आउनु है त मिल्ने भरमा पर्छु म

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Thursday, 11 October 2012

एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं


एकान्त यो प्रहरमा घर सम्झी रुन्छु सधैं
रात भरी रुदै आसुले सिरानी धुन्छु सधैं

प्रबासी यो जिन्दगीमा ठक्कर हन्डर खादा
अतासिन्छु रुदै अन्जुलिले मुख थुन्छु सधैं

कस्ले बुज्नु मेरो बेथा धेरै दु:ख पाएकीछु
खानु छैन पेट भरी भोको पेटमै सुत्छु सधैं

सम्झिदा आफन्तलाई छिया छिया हुन्छ मन
सन्तानको झल्को आउँदा पागल झै हुन्छु सधैं

उन्कै नाम लिदै म बर्बराउछु निदरिमा
सपनीमा आमा भनी बोलाएको सुन्छु सधैं

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Friday, 28 September 2012

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन

सुर्य र चन्द्र अंकित झन्डा हाम्रो झुक्ने छैन
जलको धनी नेपाल यो कहिल्यै सुक्ने छैन

सान्तिको देस पौरखी हात गर्दैनौ गुलामी
निसानी छोडि दुनियाँ माझमा चुक्ने छैन

चिनारी हाम्रो विश्वभरमा गोर्खाली नामको
कुनै देस सामुन्ने शरण पर्न पुग्ने छैन

अस्तित्व राख्दै देसको हाम्रो अगाडि बढेर
लक्ष्यमा पुग्दै शिखर चुम्छौ रुक्ने छैन

सद्ज्ञानको अर्थी बाढौ बुद्धको यो देसमा
सान्ती छाए नेपालमा कसैले थुक्ने छैन

कल्पना पौडेल 'जिज्ञासु'
–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

Friday, 7 September 2012

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा - कल्पना पौडेल 'जिज्ञासु'

बिदेसको गल्ली गल्ली हिन्दै छु आमा
भोको पेटमा झोला बोकी खोज्दै काम

खाडी मुलुक चर्को घाम हातमा पैसा छैन
धेरै दिन भो काम छुटेको खान पा छैन

घरको जाहान क्यारी पाल्ने पोल्छ सधैं छाती
दु:खको पहाड टुट्यो आमा गरीब माथि

नर्कै भयो आज हामी गरीबको जूनी
जहाँ गए नि कर्म सङै सुख नहुनी

साहुको रिण तिर्न सके फर्किन्थे म घरमा
बाड्थौ दु:ख सुख परिवार सङै भएर

–गैंडाकोट–४ नवलपरासी, (हाल इजरायल)

Monday, 3 September 2012

तिजको लयमा एउटा गीत गाउँछु है

– कल्पना पौडेल “जिज्ञासु”
तिजको लयमा एउटा गीत गाउँछु है
मनको बेदना गीतमै पोख्छु है

जहिले सुकै नारीमाथि अत्याचार भैरहने
कहिलेसम्म लाचार बनि सबै सहिरहने

श्रीमानले हत्या गरे नातिले बलात्कार
नयाँ युगमा पनि हाम्लाई कस्तो व्यभिचार

आठ वर्षे बालिकानी बलात्कृत भएका छन्
बोक्सी भनी महिलालाई के के ख्वाएका छन्

पद अनि पावरको धम्की दिंदै ठगेर
जिउँदै चेली जलाका”छन् जंगल लगेर

नारीमाथि हिंसा यो दिनहुँ बढ्दैछ
कानुनको नजर खै कता मर्दैछ

Tuesday, 14 December 2010

युवा तिमि







युवा तिमि
रास्ट को ढुक ढुकी
टुहुराका मित्र हौ तिमि
अन्धकारका आखा हौ
गरिबको सहारा हौ
बिर्र्धा हरुका लाठी हौ
अन्याय अत्त्यचारका बिद्रोही हौ
इतिहास फेरिदिने युवा हौ तिमी
बिश्यो साम्राज्यबाद माथी बिजय प्राप्त गर्ने
राष्टीय मुक्तिका अग्रदुत हौ तिमी
तिमी कहा छौ युवा तिमी कहा छौ
सुर्य हौ बादलमा नलुक
इतिहास फेरिदिने हतियार हौ युवा
लडाई का सिपाही हौ बारुदको अणु
राष्टको ढुकढुकी युवा तिमी
ठुलो संघर्स गरिसक्यौ हर्नामन
नमुना पनि हौ युवा तिमी बूढो नमन
लेफ राई ट् कै तालमा ताल मिलाउ
गहना हौ युवा तिमी जीवनका
नया जनबादी क्रान्तिका
ससमानित सिपाही हौ

Thursday, 9 December 2010

कविता : लुकेको यथार्थ

–थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि
तिमी त के मान्छे नै भयौ त, हो !
  मान्छे जस्ता भयौ त? आफै सोच्ने गर
 तिमीले दावी गर्ने मान्छे तिमी हौला,
तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ त?
तिम्रो मनले भन्दो हो
 हो, हो ! म मान्छे हुँ ! मान्छे हुँ
कसले भन्दैन मान्छे, म विशिष्ट मान्छे हुँ
म माननीय, सम्माननीय दुवै हुँ
 म यो देशको हर्ता कर्ता दुवै हुँ।
 तर तिम्रा मान्छे हुँ भन्ने गर्जनहरु
अगुल्टोलाई पानीमा घुसार्दा च्वाई गरे जस्तै
तिमी धपधप बोलेको अगुल्टो निभेका छौ
 एक मुठी पानीमा चोपल्दा तिम्रो अस्तित्व छैन
यसैले तिमी मान्छे कम र अगुल्टो बढी हौ
सोझा सिधाका अगाडि तिमी बल्दो अगुल्टो हौ
जब तिमी नेपालको क्षितिज पार गछर्ौं
 तब त च्वाई मात्र तिमी त घर पालुवा कुखुराका शिकारी हौ
तिमी त मरेका बाघका जुँघा च्यात्ने वीर हौ
तिमी त लासमाथि गोली चलाउने योद्धा हौ
तिमी त निर्धामाथि मुक्का चलाउने पहलवान हौ
त्यसैले तिम्रो साइनो मान्छेसँग छैन